नेपालको खस्किदो अवस्था: विगतका तीन पात्र, तीन प्रमुख कमजोरी
नेपालीकांग्रेस, एमाले र माओवादीले गरेका गलतीहरुका कारण नै आज देशले अराजकता,अस्थिरता भ्रष्टाचार र गरीबीको भारी बोकिरहेको छ । उनिहरुमा यसको हेक्का नभएपनि आममानिसबाट यो लुकेको छैन । नेपालमा तल्लोस्तरका मानिसहरुलाई देशमा के भैरहेको छ भनेर पहिचान गर्न गाह्रो छ । यतिमात्र होईन नेताहरुलाई समेत आफुहरुले के गर्ने हो र के गरिएको छ भन्ने यकिन न रहेको जस्तो देखिंदै आएको छ । एकथरी बीचका मानिसहरुको ठुलै तप्का राजनीतिक रंगबाट दासत्वग्रसित हुनाले सही र गलत छुट्टयाउने ल्याकत राख्दैन । सामाजिक संजालमा जनमतको बिम्ब र विषयमाथिको बहसलाई खेल्न दिनुको साटो वमन र बिष्टा थुपार्ने थलो बनाउने वर्ग पनि यहि नै हो । त्यहां तथ्यता र रचनात्मकता थोरै मात्र देखिन्छ । इतिहासले धेरै अर्थमा वर्तमानलाई निर्देशित गरिरहेको हुन्छ भन्ने तथ्य दुनियाले स्वीकार गरेको हो । देखाउनेहरुकालागि यतिबेला २००७, २०४६ र २०६३ का ठुला तीन क्रान्तिहरु छन् । सातसालको क्रान्तिको कुरा नगरौं किनभने त्यो सत्रसालमा पंचायतको बलिमा अवसान भैसकेको छ । बाँकी दुईबाट प्रतिपादित प्रणालीमा पहिलोमा संवैधानिक...