भारतमा मोदीको खस्किंदो जनमत
भारतीय प्रधानमंत्री नरेन्द्र मोदी आफ्नो दक्षिणपूर्वी एशियाकोे इण्डोनेशियाको भ्रमणमा छन् । जाकार्तामा मोदीले इण्डोप्यासिफिक क्षेत्रमा सैन्य मामिलामा सरसहयोग बारेको पन्द्रबुदे सम्झौतामा हस्ताक्षर गरेका छन् । यसैबेला भारतमा भएका विधानसभा चुनावहरुमा उनको पार्टी भारतीय जनता पार्टीले राम्रो प्रदर्शन गर्न सकेको छैन । यही जेठ १४ गते दश स्थानमा भएको चुनावहरुमा वीजेपीले उत्तराखण्ड राज्यमा एक स्थान मात्र जितेको छ । कांग्रेसले महाराष्ट्र, मेघालय र पंजाबमा एकएक सीट हात पार्न सफल भएको छ । झारखण्डमा झारखण्ड मुक्ति मोर्चाले दुई स्थानमा जितेको छ । केरलमा कम्युनिष्ट पार्टी माक्र्सवादी, उत्तरप्रदेशमा समाजवादी पार्टी, बिहारमा आरजेडी र बंगालमा तृणमूल कांग्रेसले एकएक स्थानमा जित हासिल गरेका छन् । यसअघि सन् २०१८मा भएका लोकसभा सिटमा भएका उपनिर्वाचनमा पनि वीजेपीले संतोषजनक प्रदर्शन गर्न सकेको छैन । केही समय पहिला कर्नाटक राज्यमा भएको विधानसभा चुनावमा वीजेपीलाई जिताएर राज्यमा सरकार बनाउने रणनीति अन्तरगत लोकसभाबाट राजिनामा दिएर बी एस यदियुरप्पा र श्रीरामुलु विधा...